फेसबुकमा भाईरल बनेको ‘BFF’ को वास्तविकता यस्तो छ

काठमाडौं, चैत ८ । सामाजिक सञ्जाल फेसबुकमा यतिबेला BFF आतंक छ । पक्कै पनि यदि तपाईंले BFF टाइप गर्नु भयो भने तपाईंको अक्षर हरियो हुन्छ । यो शब्द BFF विशेष शब्दको रुपमा फेसबुक प्राविधिकहरुले प्रयोग कर्ताका लागि तयार पारेका हुन् । सामाजिक सञ्जालमा बिएफएफ टाइप गरेपछि हरियो र रातो एनिमेसन देखिन्छ ।

यो शब्दको वास्तविक अर्थ बेस्ट फ्रेन्ड फरइभर हो । कमेन्टमा यो टाइप गरेपछि दुई वटा हातहरु माथि तर्फ उडिरहेको देखिन्छ ।

केही व्यक्तिहरुले आम मान्छेलाई बेवकुफ बनाएको भन्दै यवा लेफ्ट अनलाईनले निकै लामो लेख नै छापेको छ । सामाजिक सजाल प्रयोगकर्ताहरु यो प्रकरणमा बेवकुफ बनेको बताइएको छ । विएफएफले आफ्नो फेसबुक खतरामा छ की छैन भनेर मापन गर्नका लागि भन्दै भ्रम छरिएको हो ।

कतिपयले त फेसबुकका मालिक मार्क जुकरवर्कले नयाँ स्किम ल्याएको भन्दै प्रचार गरेका छन् । तर, जुकरबर्कले त्यस्तो कुनै स्किम ल्याएका छैनन् । उनको फेसबुकमा समेत त्यस्तो कुनै सन्देश छैन । फेसबुकको आधिकारिक पेजमा पनि बिएफएफबारे केही उल्लेख गरिएको छैन ।

कुनै पनि फेसबुक एकाउन्ट असुरक्षित भए फेसबेकको सेक्युरिटीबाट नै त्यसको समाधान गर्न सकिन्छ । बिएफएफबाट कुनै फेसबुक सुरक्षित भएको वा नभएको पत्तता लाग्दैन । फेसबुकको सुरक्षा तपाईं आफैले नै गर्नुपर्छ ।

 

दिन भर कामको व्यस्तताले फेसबुक खोल्न पाइएन । खोले पनि म्यासेज चेक मात्र गरे ।जब साँझ आएर यसो नेभिगेसन स्क्रोल गर्दै गए जताततै यस्तो मात्र पाए :

भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पूर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्त्वपूर्ण नयाँ आविष्कार गरिदिनु भएको जानकारी आएको छ जसको नाम हो BFF. तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोस्टमा BFF.टाइप गरी कमेन्ट गर्नुहोस् यदि तपाईँको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पास्वर्ड परिवर्तन गर्नुहोस् तपाईँको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ,!! Try to Comments Below BFF.

एक छिन हेरे मात्र । अब के गर्ने मैले पनि एक जना साथीको स्टाटसमा गएर BFF टाइप गरे अनि हरियो देखियो साथै २ वटा हातको अनिमेसन आयो ।जब २ वटा हातको अनिमेसन आयो मनमा कौतुहलता जाग्यो अनि खोज्न थाले आखिर के हो त BFF हेर्दै जाँदा “best friends forever” भन्ने हुँदो रैछ जुन एनिमेसन फेसबुकले तयार पारेको रैछ । यस अघि फेस्बुकाले congrts अथवा

Congratulationsलाई रातो अक्षर अनि नेपालीमा बधाई लेख्दा रातो अक्षरमा देखाउँथ्यो र ऐले नि देखाउँछ ।त्यस्तै XOXO भनेर टाइप गर्नु भयो भने पनि त्यस्तै देखाउँछ । यो ऐले सामाजिक सञ्जालमा फैलिएको अफवाह मात्रै हो जुन हल्लाको पछाडि हामी धमाधम स्टाटस लेखेर हाम्रो एकाउन्ट सेफ छ कि छैन भन्ने चेक गर्दै छौ ।

हामी यति सम्म बेवकुफ भयौ कि कसैले यस्तो हुन्छ भन्दिए सजिलै पत्यौछौ तर वास्तविकता पछाडि लाग्ने चेष्टा गर्दैनौ ।यौटा कहावत छ नि कौवाले कान लैदियो भन्दा कौवाको पछाडि दौडन्छौ तर आफ्नो कान छाम्न सक्दैनौ ,यो ठ्याक्कै त्यस्तै हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *