रोटी चिसो हुनबाट यसरी बचाउनुस्

काठमाडौं, चैत ८ ।  गहुँको सुक्खा रोटीको सौखिन धेरै हुन्छन् । अधिकांश नेपालीको भान्सामा यस्तो रोटी तयार हुन्छ । उसो त डाइबिटिजजस्ता रोगका लागि पनि रोटी निकै उपयुक्त हुन्छ । तर, यस्तो रोटी चाँडै सेलाउने र दह्रो हुने भएकाले धेरैलाई चिन्तित बनाएको हुन्छ । यस्तो चिन्ताबाट मुक्त हुन सानो आइडिया पनि पर्याप्त बन्न सक्छ :

लामो समयसम्म रोटी नरम बनाइराख्न पिठो मुछ्ने र बनाउने तरिकाले निर्भर गर्छ । पिठोमा आवश्यकताअनुसार तातो पानी, एक–एक चम्चा नुन र तेल राख्नुहोस् र आधा घन्टा छाडिदिनुहोस् । अब, राम्रोसँग २० मिनेटजति मोल्नुहोस् । वेला–वेलामा पानी थप्नुहोस् । पिठो मुलायम भएपछि बेलेर रोटी बनाउनुहोस् ।

तयारी रोटीलाई नरम र तातो बनाइराख्न घरमा कुलिङ ¥याकको व्यवस्था गर्दा उपयुक्त हुन्छ । कुलिङ ¥याक छैन भने घरकै भाँडो पनि प्रयोग सक्नुहुन्छ । पकाएको रोटी यस्तै भाँडोमा राख्नुस् ।
त्यसपछि क्यासरोलमा कटन बिछ्याउनुहोस् र त्यहीमाथि रोटी मिलाएर राख्नुहोस् । रोटी राखिसकेपछि कटन कपडाले छोपिदिनुहोस् र क्यासरोलको ढक्कन लगाइदिनुहोस् । यसरी राख्दा रोटी कम्तीमा दुई घन्टासम्म तातै रहन्छ ।

रोटी चाँडै चिसो र कडा हुनुको कारण रोटीबाट बाफ उड्नु हो । रोटीबाट निस्किएको बाफ भित्रै रह“दा त्यही बाफले केही बेर रोटी तातै रहन मद्दत पुग्छ । क्यासरोलमा रहेको पातलो कटनले बाफ सोस्छ र रोटीलाई तातो पनि राखिराख्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *