“””२५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउँछ” – मन्त्री मगर”

काठमाडौँ, चैत ७ । रिपोटर्स क्लबमा आयोजित साक्षातकारमा खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । साथै उनले सरसफाइमा पनि जोड दिँदै बाग्मतीलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको बताएकी छिन् ।

मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन समेत दिएको बताएकी छिन् ।

“केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, निर्माण कार्य पुनः सुचारु भइरहेको छ, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउँछ”–मन्त्री मगरले भनिन् ।

मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगर्त स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको पनि बताईन् ।

मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौँसँगै तराई– मधेश, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ । मन्त्री मगरले आगामी एक/दुई वर्षमा वाग्मती र विष्णुमतिलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने बताइन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *