भक्तपुरमा मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइयो

भक्तपुर, चैत ७ । मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ ।

शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हनुमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भर्याङ भत्काएको हो ।

सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिए ।

संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *