१५ वर्षीया बालिकामाथि १३ दिनसम्म सामूहिक बलात्कार

काठमाडौं, चैत ७ । मानिसक अपाङ्गता भएको १५ वर्षीया बालिकामाथि समूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजना भन्दा बढी संलग्न थिए ।

बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भन्नुभयो ।

परिसरका डिएसपी मोहन थापाले बालिकालाई बसका चालक सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताउनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *