कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरु

काठमाडौं, चैत ७ । सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।

मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *