कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाँड

काठमाडौँ, चैत ६ । कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद बालकृष्ण खाँड मनोनीत भएका छन् । देउवाका निकट सहयोगी नेता खाँड समानुपातिक सांसद हुन् ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार खाँडलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाले आफू दलको नेता निर्वाचित भएकै दिन उपनेतामा विजयकुमार गच्छदारलाई मनोनीत गरेका थिए ।

कांग्रेस प्रमुख सचेतकमा नेताहरु मिनेन्द्र रिजाल र मीन विश्वकर्माको पनि दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *