बियर उद्योगले प्रदुषण फैलाएपछि दुहवीवासी आन्दोलित

सुनसरी, चैत ६ । सुनसरीको दुहवी ३ स्थित प्रिमियर आर्गनी प्रा.ली. (बियर) उद्योगले लापरबाही गरेको र प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योग घेराउ गरेका छन् । उनीहरुले गेट वाहिर बाँस तेर्साएर नारावाजी समेत गरेका छन् ।

उद्योगको कालो छाइ र एसिडयूक्त पानीले अत्यन्तै प्रदुषण फैल्याएपछि स्थानीयले पटक –पटक उद्योगलाई व्यवस्थित ढंगले चलाउन आग्रह गरेपनि प्रदुषण कम नभएपछि आक्रोशित भएका हुन् ।

फागुन महिनाभित्र उद्योगलाइ व्यवस्थित ढंगबाट संचालन गर्ने भन्दै स्थानियवासीसँग उद्योग प्रशासनले लिखित प्रतिबद्धता जनाएको थियो । तर, समस्या भने उस्तै रहेको स्थानीयवासीको आरोप छ । यस विषयमा वारम्वार दुहवी नगरपालिका र दुहवी ३ का वडाध्यक्ष माधव भण्डारीलाइ ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको स्थानीय नितेश भट्टराईले बताए ।

उद्योग घेराउ गरेको ४ घण्टा पछि उद्योग प्रशासनले स्थानीयवासीसँग १ हप्ता भित्र प्रदूषण रहित मेसिन जडान गर्ने र त्यो समय सम्म उद्योग बन्द गर्ने सहमती भएको  भट्टराईले बताए । मापदण्ड मिचेर निर्माण भएका दुहवी नगरपालिका वरपरका उद्योगहरुले उस्तै प्रदूषण थपिरहेका छन्।

दुहवीमा धेरै उद्योगहरुले नियम पालना नगर्ने र जथाभावी प्रदूषण गरिरहने भएपनी दुहवी नगरपालिकाले कुनै कारवाही नगर्दा दुहवीवासीहरु थप आक्रोसित भइरहेका छन् । उद्योगबाट निस्किने प्रदूषणका कारण लाग्ने विभिन्न प्रकारका रोगले मानिसको अकालमा मृत्यु हुने गरेकाले दुहवी नगरपालिकाले जनस्वास्थ्यका समस्यालाई सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *