कञ्चनपुरमा एक करोडको लगानीमा कवर्डहल बन्दै

कञ्चनपुर, चैत ६ । कञ्चनपुरमा रु एक करोड भन्दा बढिको लगानीमा कवर्डहल बन्ने भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा बन्न लागेको अत्याधुनिक सुविधा सहितको कवर्डहलको शिलान्यास एक समारोहकाबीच नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले  गरेका हुन् ।

कवर्डहल निर्माण भएपछि नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका खेलाडी उत्पादन गर्न सकिने चन्दले बताए ।

कवर्डहल निर्माणका लागि रु एक करोड ३० लाख २० हजार विनियोजित रकम परिचालन गरी बोलपत्र आह्वान प्रक्रियाद्वारा निर्माण कार्य शुरु हुनेछ । निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *