बाग्लुङमा बस दुर्घटना, १५ जना घाइते, एक बेपत्ता

बाग्लुङ, चैत ६ । । बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस बाग्लुङको ढोरपाटन नगरपालिका–१ गरगरेमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङले बेपत्ता यात्रीको खोजी भइरहेको जनाएको छ । घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । घाइतेहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ ।

बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ । बस चालक निदाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *