राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक आज बस्दै

काठमाडौं, चैत ६ । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बैठकले पार्टीको महाधिवेशन, संसदीय समितिमा सहभागिता लगायतको विषयमा छलफल केन्द्रीत हुने पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश नम्वर २ मा पार्टीबाट सहभागिता जनाउने राज्यमन्त्री चयन गरिने पनि उहाँले जानकारी दिनुभयो । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी सहभागिता हुनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *