सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला : रुसी राष्ट्रपति पुटिन

काठमाडौं, चैत ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताउनुभएको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उहाँले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो ।

पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उहाँलाई बधाई दिए पनि ह्वाइट हाउसले बधाई दिने कुनै तालिका नरहेको जनाएको छ । तर चीनका राष्ट्रपति सी चिनफिङले भने चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताउनुभएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *