प्रधानमन्त्री ओलीले राजधानीमा बोलाए सातै प्रदेशका मुख्यमन्त्रीलाई

काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा झिकाउनुभएको छ ।

प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथा न्यायाधिवक्तालाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन सोमबार पत्राचार गरिएको जानकारी दिएको छ । प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले आवश्यकताअनुसार सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई बोलाउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *