विश्वकप छनोट: वेष्ट इन्डिजकाे तेस्रो जित

काठमाडौं, चैत ६ । आईसीसी विश्वकप छनोटको सुपरसिक्स अन्तर्गत वेष्ट इन्डिजले तेस्रो जित निकालेको छ । वेष्ट इन्डिजको जितपछि विश्वकपमा छनोट हुने शीर्ष दुई टिमको टुङगो रोमाञ्चक मोडमा पुगेको छ ।

जिम्बावेको हरारे मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टिम ५० ओभरमा दुई सय ८९ रनमा अलआउट भयो । उसका लागि ब्रान्डन टेलरले एक सय ३८ तथा सोलोमन मिरीले ४५ रन बनाए । यस्तै सिन विलियम्सले ३४ रनको योगदान गरे । बलिङतर्फ वेष्ट इन्डिजका जेसोन होल्डरले चार तथा केमर रोचले तीन विकेट लिए ।

जवाफमा वेष्ट इन्डिजले एक ओभर बाँकि हुँदा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । वेष्ट इन्डिजका लागि मार्लोन स्यामुयल्सले ८६ तथा इभिन लुइसले ६४ रनको योगदान गरे । यस्तै सेई होपले ७६ रन जोडे ।

वेष्ट इन्डिजको जितपछि अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको वेष्ट इन्डिजले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्याण्डलाई हराउनु पर्नेछ । यदी स्कटल्याण्ड विजयी भएमा उसलाई जिम्बावे र युएईको खेलको नतिजा कुर्नुपर्ने छ । यो खेलमा जिम्बावे विजयी भएमा वेष्ट इन्डिज विश्वकपबाट बाहिर हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *