“””अबको सपना विश्वकप”” : कप्तान पारस”

काठमाडौं, चैत ५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अब नेपाली टिमले विश्वकप क्रिकेट खेल्ने सपना देखेको बताएका छन् । उनले अबको १० वर्षभित्र नेपाल टेष्ट राष्ट्र बन्न सक्नुपर्ने बताए ।

जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाल फर्केको टोललिाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत पछि कप्तान पारसले भने “अबको सपना विश्वकप हो,” खड्काले पत्रकारहरुसँग भने, “अबको १० देखि १२ वर्षभित्र टेष्ट राष्ट्र बन्न सक्नुपर्छ ।”

खेलाडीहरुको स्वागतका लागि पुगेका खेलप्रेमी तथा पत्रकारहरुसँग कप्तान खड्काले अहिले प्राप्त एकदिवसीय राष्ट्रको मान्यता पनि ठूलो उपलब्धि भन्दै धेरै वर्षदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका थिए ।

“हाम्रो लागि यो जित इतिहासको ठूलो उपलब्धी हो,” उनले भने, “धेरै वर्षदेखिको सपना पूरा भएको छ । अब हामीले राम्रो जग खडा गरेर नेपाली टोलीलाई अझै माथि लैजानुपर्छ । यो भन्दा ठूलो खुसीको क्षण छैन ।”

उनले अब देशलाई नै नयाँ जिम्मेवारी थपिएको उल्लेख गर्दै घरेलु क्रिकेटको संरचना र खेलाडीको हेरचाह पनि अर्को महत्वको विषय भएको बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *