नेपाल अाइडललार्इ टक्कर दिन अाएकाे हाे ? ‘द भ्वाइस अफ नेपाल’

चैत्र ५, काठमाडाैं । एपी १ एचडीले इण्डियन फ्रेन्चाइज ‘नेपाल अाइडल’ ल्यायाे । कराेडाैं खर्च गरेर निकै तामझाम पूर्वक अाएकाे नेपाल अाइडलले जति ख्याति कमायाे, त्यत्ति नै अालाेचना पनि । खासगरी प्रतियाेगिताका जजहरूले गरेकाे जजमेण्टमा धेरै नेपालीले चित्त बुझाएनन् ।

पछिल्लाे समय नेपाल अाइडल भएका बुद्ध लामालार्इ कार नदिर्इएकाे, पैसा नदिर्इएकाे जस्ता अनेकन हल्ला सांगितिक बजारमा अाए । तर, त्यहि नेपाल अाइडलकाे कन्सेप्ट ल्याएकाे एउटा टिम बाहिरिएकाे कुरा कतै अाएन ।

अहिले एपी १ काे नेपाल अार्इडलबाट बाहिरिएकाे टिमले नेपाल अाइडललार्इ फ्लप गर्न नयाँ रियालिटी शाे ल्याउने घाेषणा गरेकाे छ । अाज राजधानीमा पत्रकार सम्मेलन गर्दै अायाेजकले विश्वको चर्चित रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ अाउने अाैपचारिक जानकारी दिएकाे हाे ।

‘द भ्वाइस अफ नेपाल’ अाउँदाे वर्षकाे असारबाट टेलिभिजिनमा प्रशारण हुनेछ । अायाेजकले कुन टेलिभिजनबाट प्रशारण हुन्छ भन्ने खुलाएका छैनन् । स्राेतले दिएकाे जानकारी अनुसार एपी १ बाट टुक्रिएर अाएकाे याे टिमले नेपाल अाइडलसँग प्रतिष्पर्धा गर्नकै लागि कार्यक्रम लिएकाे हाे ।

‘द भ्वाइस अफ नेपाल’ यस अगाडि ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । प्रल्हाद सिं ठकूरी एमडी रहेका छन् । भने, शोमा फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा छन् । ‘नेपाल आइडल’ होस्ट गरेका सुशिल नेपालले यो रियालिटी शो संचालन गर्ने बतार्इएकाे छ ।

‘द भ्वाइस अफ नेपाल’ शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् । विजेतालाई ‘भ्वाइस अफ नेशन’ सँगै नगद २५ लाख, कार, बीस लाख बराबरको भिडियो एल्बमको संझौता र विश्व भ्रमणको अवसर प्राप्त गर्ने बतार्इएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *