तरूण दल सुनसरीद्वारा अागलागी पिडितलार्इ राहत वितरण

चैत्र, ५, सुनसरी । गत शनिबार बराहा नगरपालिका ११ मधुवनमा भएकाे अागलागी पिडित परिवारलार्इ नेपाल तरूण दल सुनसरीले राहत वितरण गरेकाे छ । अाज तरूण दल सुनसरीले साे क्षेत्रका ५० घर परिवारलार्इ खाद्यान्न, लत्ताकपडा वितरण गरेकाे हाे ।

तरूण दल सुनसरी अध्यक्ष सिजन गुरूङ र उपाध्यक्ष सन्ताेष विककाे सकृयतामा अागलागी पिडितलार्इ चामल, दाल, चाउचाउ तथा बालबािलकालाइ लत्ता कपडा वितरण गरेकाे हाे ।

तरूण दलले अागलागीबाट पिडित ५० घर परिवारलार्इ १० केजी चामल, १ केजी दाल चाउचाउ र बालबालिकालार्इ कपडा वितरण गरेकाे तरूण दल सुनसरी उपाध्यक्ष सन्ताेष विकले बताए ।

 गत शनिबार मधुवन स्थित स्थानीय पुरन चौधरीको घरबाट विद्युत शर्ट भई भीषण आगलागी हुँदा सरदार बस्तीका ४६ घरपरिवारका ७० बढी घर जलेर नष्ट भएको थियो । तरूण दल सुनसरी अध्यक्ष सिजन गुरूङले अागलागी पिडित परिवारलार्इ पुनर्स्थापना गराउन सहयाेग गर्ने बताए । अागलागी पिडितलार्इ सरकारी तवरबाट कुनै ठाेस राहत नअाउँदा विचल्लीमा परेका छन् ।

यस अघि तरूण दल सुनसरीले गत असार साउनमा पूर्वि तरार्इका विभिन्न क्षेत्रमा अाएकाे बाढिपहिराेमा प्रताडित विभिन्न बस्तीहरूमा राहत वितरण गरेकाे थियाे भने, बाढिपिडित परिवारकाे पुर्स्थापनाका लागि समेत सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *