तीनवटा गेट पार गरेर बैंक फुटाउँदा सेक्युरिटी गार्ड भन्छन्, ‘हामीले सुरक्षा दिनुपर्दैन’

चैत्र ५, धरान । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराईज बैंकमा चोरीको प्रयास भएको छ । आइतबार राती भएको चोरी प्रयासमा बैंकको लकर तोड्न नसकेकाले नगद भने लान सकेनन । यदी चोरले लकर समेत फुटाएको भए बैंकबाट लाखौं नगद हात पार्ने थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो उच्च सुरक्षा ब्यवस्था रहेको स्थानमा बैंकमा चोरीको प्रयास हुनु सानो कुरा हैन । प्रतिष्ठान हाताभित्र रहेको बैंकको शाखासम्म पुग्न योजनाकारलाई तीन ओटा सुरक्षा घेरा प्रयोग गर्नुपर्छ । तर, आइतबार चोरहरुले सजिलै बैंकको सटर फुटाउन सफल भए ।

प्रतिष्ठान हाताभित्र नेपाल प्रहरीको सुरक्षा पोस्ट समेत छ भने, प्रतिष्ठान भित्र नीजि सुरक्षा कम्पनीले केटीएम सेक्युरिटीले २४ सै घण्टा सुरक्षा दिईरहेको हुन्छ । प्रतिष्ठानका विभिन्न क्षेत्रमा सुरक्षाका लागि प्रतिष्ठानले सिसिटिभी समेत राखेपनि चोरहरुको पहिचान हुन सकेको छैन । प्रतिष्ठानको सुरक्षामा केटीएम सेक्येरिटीले २४ सै घण्टा सुरक्षा गार्ड तैनाथ गरेको छ ।

तीनवटा गेट पार गरेर चोरहरुको समूह बैंकको ढोका फोरी भित्र पसेको देखिन्छ । उनीहरुले बैंक शुरक्षाका लागि राखिएका सिसिटिभी क्यामेरा, डिभीआर, तथा सिसिटीभीका तार र स्विचहरु काट्नुका साथै ढोकाको ताला तोडेका छन् । नगद राखिएको लकरसम्म उनीहरु पुगेपनि लकर तोड्न नसकेपछि नगद लैजान असफल भएको बैंकका मेनेजर सुर्य बलम्पाकी मगरले बताए ।

चोरहरुले यतिबिध्न गतिविधि गर्दा समेत त्यहाँका शुरक्षा गार्डहरुले थाह नपाउनु अचम्म मान्नुपर्ने हुन्छ । बैंकको शाखाभित्र भएको चोरी प्रकरणलाई केटीएम सेक्युरिटीका इन्चार्ज दीलीप श्रेष्ठले हल्का रुपमा लिँदै भने ‘हामीलाई त्यो एरियामा सुरक्षा दिनु पर्दैन भनेको छ ।’ उनले भने । ईन्चार्ज श्रेष्ठले बैंक चोरी हुनुमा आफुहरुको कुनै कमजोरी नरहेको जिकिर दावि गरे । ‘त्यो बैंकको कमजोरी हो, अनुसन्धानबाट थाहा होला, हामीलाई कुनै जानकारी छैन ।’ उनले भने ।

मकालु खबरले प्रतिष्ठानको सुरक्षाको जिम्मा तपाईहरुले लिएको हैन ? भनेर प्रश्न गर्दा इन्चार्ज श्रेष्ठले विरामीको लाईन मिलाउने, सवारीको पार्किङ मिलाउने, इमरजेन्सी र ओपीडी तथा वार्डमा धेरै भिडभाड हुन नदिने मात्र आफुहरुको काम रहेको जिकिर गरे । तर, सेक्युरिटि सर्भिसले कहाँ कहाँको कति सुरक्षा गर्नुपर्ने हो, त्यो भने उनले खुलाउन चाहेनन् । २५ सय विगाहामा फैलिएको प्रतिष्ठानमा १२६ जना सेक्युरिटीले सबै सुरक्षा दिन सक्दैन ।’ उनले भने ।

प्रतिष्ठानको समग्र शुरक्षाको जिम्मा केटिएम सेक्युरिटिले लिएको छ । यो कम्पनी रामेश्वर शाहको हो । काठमाडौंको पानीपोखरीमा मुख्य कार्यालय रहेको केटीएम सेक्युरिटीको ब्राण्ड एम्बेसडर भने कलाकार सन्तोष पन्त रहेका छन् । उनले केहि समय अघि प्रतिष्ठानमै सुरक्षा गार्डमा काम गर्ने एक महिला सुरक्षा गार्डलाई यौन दुब्र्यहार गरेका थिए । पछि उक्त घटना मिलेमतोमा मिलाईएको भन्दै ठूलो हंगामा भएको थियो ।

प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई प्रतिष्ठानको सुरक्षाका विषयमा कुरा गर्न फोन गर्दा उनले फोन उठाएनन् । प्रतिष्ठानले भने, सेक्युरिटीका लागि मात्रै वार्षिक करोडौं खर्च गर्छ ।

अहिले चोरीका बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनास्थल अध्ययन भइरहेको र विभिन्न ब्यक्तिहरुसँग सोधपुछ चलिरहेकाले अनुसन्धानपछि मात्र कस–कसको संलग्नतामा चोरी प्रयास भएको खुल्न सक्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *