सक्कली प्रहरीलाई ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ, चैत ५ । प्रहरी कार्यालयको डीएसपी नारायण श्रेष्ठ हुँ भन्दै प्रहरीसँग ४ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका २ का २९ वर्षीय आनन्दकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनले दुई जना प्रहरी कर्मचारीलाई आफू प्रहरी कार्यालको डिएसपी हुँ भन्दै डिएसपी नारायण श्रेष्ठको परिचय गराई विदेश पठाइदिन्छु भनी महोत्तरीको मनराकट्टीका प्रकाशकुमार सिंहसँगको मिलेमतोमा ४ लाख ठगी गरेको प्रहरीले जनाएको छ । मण्डलालाई प्रहरीले काठमाडौँको माइतीघरबाट चैत २ मा पक्राउ गरेको हो ।

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको प्रहरीको आशंका छ । प्रहरीले यसरी ठगीमा परेका कोही पीडित भएमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *