रोकिराखेको ट्रकमा कार ठोक्कियो, एक गम्भिर

काठमाडौँ,  चैत ५ । काठमाडौंको कोटेश्वरमा आज बिहान ३ बजे सवारी दुर्घटना हुँदा १ घाइते भएका छन् | रोकी राखेका ना २ ख ९५६८ र ना ३ ख ९९९५ नम्बरको ट्रकमा बा ९ च २६४४ नम्बरको कार ठोकिंदा कारमा सवार, काठमाडौंकै कागेश्वरी मनहरा नगरपालिका ९ बस्ने काभ्रेपलान्चोकको बनेपाका २७ बर्षीय गणेश प्रसाद अधिकारी घाइते भएका हुन् ।

उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न कार चालक काठमाडौं मनहरा बस्ने राज कुमार हुमागाईलाई महानगरिय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । उनले मदिरा पिएर कार चलाएको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *