केटीको अनुहार हेरेर यसरी थाहा पाउन सकिन्छ यौनप्रतिको रुची

 के तपाईको यौन क्षमता बलियो छ ? यो यसकारण पनि हुन सक्दछ, किनभने तपाईको अनुहार सानो र चौडा छ । एउटा नयाँ अध्ययनका अनुसार कैजुअल सेक्सका विषयमा तपाईको सोच के छ, यो निकै हदसम्म तपाईको अनुहारको वनावटबाट पत्ता लगाउन सकिन्छ ।

ओन्टारियोमा गरिएको अध्ययनअनुसार फराकिलो वनावटको अनुहार भएका व्यक्ति बढी आक्रामक र सेक्समा बढी रुची राख्ने स्वभावका हुने गर्दछन् । जर्नल अफ अर्काइभ अफ सेक्सुअल बिहेवियरमा प्रकाशित अध्ययन रिपोर्टअनुसार सानो, चौडा अनुहार भएका पुरुष र महिलाहरुको सेक्समा रुची उनीहरुभन्दा फरक फिचर्स भएका व्यक्तिमा भन्दा बढी हुने गर्दछ।

अध्ययनकर्ताहरुले यसको परिणामबाट मानिसको सेक्सुअल रिलेशनसीप र साथी चयन गर्ने विषयमा अनुहारको आकृतिको के भूमिका हुन सक्दछ भन्ने पत्ता लगाउन सहज हुने आशा गरेका छन् ।

 ओन्टारियोको निपिसिंग युनिभर्सिटीका अध्ययन टोली प्रमुख स्टीभेन अर्नोकीका अनुसार–अध्ययन हेरेर भन्न सकिन्छ कि मानिसको यौनप्रतिको रुचीका बारेमा उनीहरुको अनुहारको आकारले धेरै कुरा बताउन सक्छ ।

अध्ययनमा सहभागीहरुलाई प्रश्नावली दिइएको थियो, जसमा उनीहरुसँग सेक्स ड्राइभ, इन्टरपर्सनल बिहेवियर, सेक्सुअल ओरिएन्टेशन र धोका दिने अवसरका बारेमा प्रश्न सोधिएको थियो । उनीहरुबाट सहभागीहरुको कैजुअल सेक्सका बारेमा कति सहज छन् भन्ने कुराको जानकारी पनि मागिएको थियो।

यो अध्ययनले यसअघि भएको एउटा अध्ययनलाई पनि पुष्टि गरेको छ, जसमा पाइएको थियो कि अनुहारको लम्बाई, चौडाईको अनुपातबाट मनोवैज्ञानिक र व्यवहारिक गुण झल्कन्छ ।

अध्ययन टोलीले युवावस्थामा निस्कने हार्मोन लेबलमा फरक हुँदै जाने क्रममा अनुहारको अनुपातमा अन्तरका कारण यसको कारण बताएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *