बेपत्ता बालक मृत अवस्थामा फेला

“जनकपुर, चैत ४ । धनुषामा शनिबार साँझदेखि घरबाट बेपत्ता भएका ८ वर्षीय बालक रमण शाहको हत्या भएको छ । बेपत्ता भएका रमणको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । रमण शाह धनुषाको कमला नगरपालिका – ८ बस्ने प्रमोद साहका छोरा हुन् ।

रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरिरमा घाउ चोट र डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *