एलिजाले ‘कान्छा दार्इ’ भन्दै ठूम्का लगाउँदा ऋषि धमलालार्इ के भयाे !

चैत्र ४, काठमाडाैं । बदनाम हाेस तर, बेनाम नहाेस् यस्तै छन् सञ्चारकर्मी ऋषि धमला । दिनरात समाचार र नेताहरूकाे अघिपछि लाग्ने ऋषिलार्इ श्रीमतीले फिल्म खेल्ने रूचि देखार्इन् । ऋषिपनि के कम श्रीमतीकाे खुसीकाे लागि डेढ करोड जुटाएरै भएपनि अनुराग बनाउन तम्सिए ।

उनकाे याे फिल्ममा एलिजाकी अामा अर्थात ऋषिकी सासुकाे समेत लगानी रहेकाे छ । अहिले त्यहि अनुराग फिल्मकाे एउटा गीत रिलिज गरिएकाे छ । युट्युव मार्फत रिलिज गरिएकाे ‘कान्छादाई गाना बजाइदेउन’ बोलको डान्सिङ गीतमा श्रीमती धमला अर्थात एलिजा गाैतम हट अवतारमा ठूम्का लगाउँदैछिन् । गीतमा उनले नाचेकाे देख्दा उनी दुर्इ बच्चाकी अामा हुन भनेर ठम्याउनै गाह्राे पर्छ । एजिलाका साथमा कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् ।

ऋषि पत्नीकाे ठूम्का देखेर युट्युवमा कतिले प्रशंशा गरेका छन् त कतिले अालाेचना, अाफ्ना बारेमा अरूले जस्ताे सुकै गाली र अालाेचना गरेपनि हाँसीहाँसी पचाउन खुबी भएका ऋषिले श्रीमतीकाे छाेटा कपडा प्रति नाक खुम्च्याएपनि काम प्रति भने खुलेर प्रशंशा गरेका छन् । ‘एलिजा जी गरेकाे मेहनत प्रति एकदमै खुसी छु । उहाँमा ट्यालेन्ट छ, नेपाली फिल्ममा उहाँकाे संभावना देख्छु ।’ उनले भनिन् ।

सांगितिक प्रेम कथामा बन्न लागेको यो चलचित्रले प्रेम प्राप्त गर्नका लागि गरिएको संघर्ष, खुशी, प्रेममा विछोडको कथालाइ उठान गर्ने बतार्इएकाे छ। हेराैं श्रीमती धमलाले ‘कान्छादाई गाना बजाइदेउन’ मा कसरी ठूम्का लगार्इन् ।

भिडियाे हेर्नुहाेस्

https://www.youtube.com/watch?time_continue=147&v=qDleSmKRaxE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *