सांसद यादवलाई पुत्र शोक

 

धनुषा,  चैत ३ । राष्ट्रियसभा सदस्य तथा काँग्रेस नेत्री मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शुक्रबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्गको पोर्ताहा चोक सडकखण्डमा बा७३प ९५६० नंको मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु भएको हो ।

मोटरसाइकललाई पछाडिबाट टाटा सुमोले ढक्कर दिएर भागेको बताइएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिरहाका दिनेशकुमार यादव घाइते छन् । यादवको विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *