उपराष्ट्रपतिमा नन्दबहादुर पुनको पुनः उम्मेदवारी

काठमाडौं, चैत ३ । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान पुनले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका हुन् ।

पुनको प्रस्तावकमा सुवास नेम्बाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ रहेका छन्। यस्तै उनको समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण बिडारी र राजेन्द्र प्रसाद गौतम रहेका छन्।

राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *