बिपी कोईराला अस्पतालका कर्मचारीलाई ज्युँदै जलाउने प्रयास

चितवन, चैत ३ ।  चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको छ।

शनिबार बिहान करिब ९ बजेको समयमा भरतपुरको माछापुछ्रे चोकनजिकै पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको र आफु भागेर ज्यान जोगाउन सफल भएको उनको भनाइ उद्यृत गर्दै चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

मोटरसाइकलमा विहान भरतपुरको कटरचोबाट घरजाने क्रममा २ वटा मोटरसाइकलमा आएका ४ जनाले आफुलाई रोकेर कुटपिट समेत गरी डिजेल छर्किएर आगो लगाउन खोज्दा आफू भागेर जोगिएको सापकोटाले बताए। सो घटनामा प्रयोग गरिएको अल्फावेट नखुलेको ८२९४ नम्बरको एउटा निलो पल्सर मोटरसाईकल रहेको खुलेको र संलग्नहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक ढकालले बताए ।

घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अस्पतालको आन्तरिक व्यवस्थापनसम्बन्धी विषय लेखेर छाडिएको पर्चा फेलापरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *