पोखरा महानगरपालिकाले वृद्ध–वृद्धाको नि:शुृल्क उपचार गर्ने

चैत्र २, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले ७० बर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने भएको छ । महानगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत जेष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाएको हो । अहिले महानगरभित्र ७० बर्ष माथीको जनसंख्या १३ हजार रहेको छ ।

जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महानगरको स्वास्थ्य टोलीले द्धैमासिक रुपमा वडा वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नेछन् ।  स्वास्थ्य परिक्षण पश्चात उपचार र आवश्यकता अनुसार अस्पतालहरुमा रिफर गरिने र उक्त उपचारको व्यवस्था निःशुल्क गराउने महानगर प्रमुख मानबहादुर जिसीले बताए । जेष्ठ नागरिकको उपचारका लागि सरकारी र निजी क्षेत्रका अस्पतालसँग सहार्य गरिने छ ।

उक्त अभियान यही ४ चैतदेखि पोखरा १९ पुरन्चौरबाट शुरु गरिनेछ । संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेको बताउँदै महानगरका मेयर मानबहादुर जिसीले भने । ‘स्थानीय सरकार पनि जेष्ठ नागरिक प्रति जिम्मेवार बन्नुपर्छ, हामीले सक्दो सहयोग गर्नुपर्छ ।’

शिविरमा ७० वर्षमाथिका लाई प्राथमिकतामा राखेर उपचार गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले महानगरमा १९ वटा हेल्पोष्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल रहेको र त्यहीको जनशक्ति र आवश्यक थप चिकित्सकहरुको सहयोगमा शिविर सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *