सडकका खाल्टाखुल्टी हेर्दै मेयरले भने ‘५ सय किलाेमिटर बाटाे बनाउँछु’

चैत्र २, विराटनगर । माेरङकाे सबैभन्दा ठूलाे शहर विराटनगर महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको ८ महिना पुरा भएको छ । जनप्रतिनिधि आएपछि के काम भए भएनन् भन्ने बारेमा आम नागरिक अन्यौलमा रहेकाे अवस्थामा महानगरपालिका स्वयंले स्थानिय र सञ्चारकर्मीहरूलार्इ स्थलगत अनुगमन गराएकाे छ ।

विराटनगर महानगरपालिकाले विकास निमार्णको कामलाई तिव्रता दिएसँगै विहिवार पछिल्लो समयमा भईरहेको परियोजनाको गतिबिधि बारे पत्रकारहरुलाई स्थलगत अनुगमन गराएको हाे । महानगर सहरी सघन विकास कार्यक्रम, साना तथा मझौला सहर वातवारणीय सुधार परियोजना तथा क्षेत्रिय विकास परियोजना अन्र्तगत महानगरले संयुक्त रुपमा गरेको कामको बारेमा जानकारी गराएको बताएकाे छ । विहीवार बिहान विराटनगरमा भइरहेको कामको महानगरपालिकाका मेयर भिम पराजुलीको सहितको टोलीले विकास निर्माणको अबस्थाको अनुगमनमा निस्किएकाे थियाे ।

मेयर पराजुुली सहित उपमेयर इन्दिरा कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत प्रदिप निरौला, इन्जिनियर भरत न्यौपाने तथा संचारकर्मीकाे टाेलीले विराटनगरमा भइरहेको दुई दर्जनभन्दा वढि योजनाहरुको अनुगमन गर्दै भर्इरहेको कामको प्रगती र अवस्थाको वारेमा जानकारी लिएकाे महानगरपालिकाका कार्यकारी अधिकृत निराैलाले बताए ।

महानगरपालिकामा साना तथा मझौला वातावरणीय विकास परियोजना अन्तर्गत २ अर्व ९५ करोड, क्षेत्रिय सहरी विकास परियोजनामा २ अर्व ६२ करोड तथा सघन सहरी विकास कार्यक्रम अन्तर्गत ६२ करोडको लागतमा विकास निर्माणका कामहरु भइरहेका छन । परियोजना अन्तर्गत सडकको ग्राभेल, नाला तथा कालोपत्रे गर्ने काम भईरहेको छ । कामलाई थप प्रभावकारी र पारदर्शी बनाउन महानगरले कामको अवस्थाको वारेमा अनुगमन गरिएकाे मेयर पराजुलीले बताए ।

अनुगमन पछिकाे पत्रकार सम्मेलनमा मेयर पराजुलीले आगामी ५ वर्ष भित्र महानगरपालिका भित्रका चार सय किलोमिटर सडक कालोपत्रे तथा विस्तार गर्ने लक्ष्य महानगरको रहेको बताए । मेयर पराजुलीले विराटनगरमा सात सय किलोमिटर सडक रहेकोमा आफनो कार्यकालमा ४ सय किलोमिटर सडक कालोपत्रे र व्यवस्थित वनाउन लागि परेकाे जिकिर गरे । ‘विराटनगर महानगरपालिकालार्इ स्वच्छ, सफा र ब्यवस्थित बनाउन मेराे सदैव दतारूकता रहनेछ ।’ मेयर पराजुलीले भने । महानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले यो वर्ष भित्र ४५ किलोमिटर सडक विस्तार एंव कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी पत्रकारहरूलार्इ जानकारी दिए ।

विराटनगर महानगरपालिका भित्रको वार्ड नम्बर १ को भट्टाचौकदेखि परोपकार घाटसम्म पिच सडक निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । यस्तै वार्ड नम्बर २ को पोखरीया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला पिच बनाउने कार्य अन्तिम चरणमा रहेकाे छ । वडा नम्बर ३ को पुष्पमार्ग, कञ्चन मार्ग, सिभिलम मार्गमा पिच तथा नाला बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

वार्ड नम्बर ५ को शिरोमणी पथ, दिल्ली पब्लिक स्कूल जाने सडक,नाला, जानकी पथको पिच र नाला रहेको छ । वडा नम्बर ६ को केशलिया सडक, वडा ११, १२ को पाञ्चाली मार्ग,वडा नम्बर १२ को महेन्द्र मोरङ कलेज, च्याङ्बारी पैनीमा नाला, दरैया सडक नाला, रानी सडक,नाला निर्माणको काम भईरहेको पाईयो । विराटनगर महानगरपालिका भित्र क्षेत्रीय शहरी विकास परियोजनाको १५ प्रतिशत, मझौला शहरी एकीकृत

वातावरणीय सुधार परियोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकाका ईन्जीनियर न्यौपानेको दावी छ ।

कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ किलोमिटरमा नाला निर्माण भर्इसकेकाे, ८ किलोमिटरमा सब–वेश गरिसकिएको र ५ किलोमिटर सम्पन्न भैसकेको जानकारी दिए । विराटनगर महानगरपालिको करिब दुईसय किलोमिटर सडक निर्माणको क्रममा अन्तिम चरणमा पुगेको छ । यस्तै रोडसाइड ड्रेन ३६ किलोमिटर र ठूला नाला ३४ किलोमिटर निर्माण सम्पन्न भएको जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *