महानगरपालिका देखि गाउँपालिका सम्मका प्रमुखहरुको कस्को तलब कति ?

हेटौँडा, चैत २ । प्रदेश नं. ३ को सरकारले महानगरपालिका देखि गाउँपालिका सम्मका प्रमुखहरुको तलब सुविधा निर्धारण गरेको छ ।

प्रदेश नं. ३ को मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले स्थानीय तहहरुको सो सुविधा निर्धारण गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ । तलब सँगसँगै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ । साथै दैनिक भ्रमण भत्ता रु दुई हजार, विदेश जाँदा दैनिक २०० डलर, यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ ।

उपप्रमुखले भने रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख गरिएको छ ।

त्यसैगरी उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब निर्धारण गरेको छ । भने वडाध्यक्षको रु २५ हजार, नगरपालिकाका प्रमुखको रु ३५ हजार, त्यस्तै उपप्रमुखको रु ३१ हजार र वडाध्यक्षको रु २२ हजार तलब निर्धारण गरिएको छ ।

गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउने विधेयकमा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुखले रु ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले रु ४० हजार २०० पाउने व्यवस्था सो विधेयकमा उल्लेख गरिएको छ । साथै मासिक सञ्चार सुविधाका र दैनिक भ्रमण भत्ता, तथा विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *