‘तिघ्रा’ ले जाेगाउला त प्रेम गीत २ की नायिकाको करियर

चैत्र २, काठमाडाैं । धेरै चलचित्र विश्लेषकले प्रेम गीत २ लार्इ अाैषत चलचित्रकाे क्याटाेगाेरीमा राखे । चलिचत्रका नायक प्रदीप खड्का हिट हुँदा नायिका अश्लेषा ठकूरी भने पाताल मै भासिर्इन् । प्रेम गीतबाट हिट भएकी नायिका पुजा शर्मालार्इ रिप्लेस गर्दै प्रेम गीत २ मा अाएकी अश्लेषाकाे अभिनय हेरेर धेरैले नाक खुम्च्याए ।

प्रेमगीत २ पछि कुनै नयाँ चलचित्रमा अाउन नसकेकी अश्लेषा अहिले फुर्सदमा अाफुलार्इ कसरी हिट बनाउने फर्मुला अपनाउँदै छिन् । र, हिट हुने फर्मुला प्रयाेग गर्न उनले अाफ्नाे तिघ्रालार्इ मज्जाले प्रयाेग गरेकी छन् । उनले तिघ्रामा ठूलाे ट्याटु बनाएर सामाजिक संजालमा हालेपछि धेरैले उनलार्इ ‘नाैटंकी’ गरेकाे भन्दै कमेन्ट गरेका छन् । भने, कतिले राम्राे भनेका छन् ।

उनले केही समयअघि आफ्नो फेसबुकमा केही तस्विरहरु सार्वजनिक गरेकी थिइन् । अस्ट्रेलियाकाे सिड्नीमा हुँदा खिचेकाे फाेटाे अहिले सामाजिक संजालमा गसिप बनेका छन् । फेसबुकमा शेयर गरेका तस्बिरहरूमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्टा देखिन सकिन्छ ।

    

केही साताअघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले स्तनमुनि ट्याटु खोपाएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो भने उनको चर्चा ह्वात्तै बढ्यो । साम्राज्ञी मात्र नभएर नेपाली चलचित्रमा काम गर्ने अन्य नायिकाहरुले पनि आफ्ना विभिन्न भागहरुमा ट्याटु खोपाउँदै आएका छन् । अश्लेषाले पनि ट्याटु खाेपाउने नायिकाकै पदचाप पछ्याउँदै तिघ्रामा बडेमाकाे ट्याटु खाेपाएर चर्चामा अाउन खाेजेकाे देखिन्छ । तर, प्रेमगीत २ काे फितलाे अभिनय हेरेर उनलार्इ अहिलेसम्म कुनै निर्माताले लिने अाँट गर्न सकेका छैनन् ।

भग्लर गायिका ज्याेति मगरले ‘कि रेखाकाे चल्छ कि देखाकाे’ भन्दै गर्दा अश्लेषाले देखाकाे कत्तिकाे चल्ने हाे पछिकाे कुरा हाे । उनी केहि समय अघि भित्रि बस्त्र बिना नै ठमेलमा एक कार्यक्रममा गएकी थिर्इन् । त्याे बेला पनि उनी गसिप भनेकी थिर्इन् । अब तिघ्रामा खाेपेकाे बडेमाकाे ट्याटुले अश्लेषाकाे करियर माथि उठाउला की अझै रसातलमा पुर्याउला हेर्न भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *