झापामा दुई महिलालाई मानव बेचबिखन मुद्दा
मकालु खबर
२०७४ जेठ १५ गते
“
झापा, चैत २ । महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।
विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित