प्युठान: चट्याङबाट १ जनाको मृत्यु, १४ जना घाईते

प्युठान, चैत २ । प्युठानकाे गाैमुखि गाउँपालिका-३ मा गयराति परेकाे चट्याङबाट गाेठे बिकका ८ बर्षिय छाेराकाे मृत्यु भएको छ । त्यस्तै करिव १४ जनाजति घाईते भएका छन । उद्दारका लागि गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरिकाे नेतृत्वमा उद्दार टाेलि परिचालन भएको छ।

८ जना बेहाेश अबस्थामै रहेकाे र घटनास्थलमा प्रहरी जादै गरेकाे प्र.ना.उ राजेन्द्रप्रसाद पाेख्रेलले जानकारि दिनुभयो। घाईतेहरुमा अाखा नदेख्ने तथा बेहाेश हुने समस्या देखिएको गाउँ पालिकाका अध्यक्ष गिरिले जानकारी दिनुभयाे । अहिले उद्दार तथा उपचारका लागि जिल्ला अस्पताल बिजुवारबाट डाक्टर अच्युत जाेसि सहितकाे टाेलि लगेर गाउँपालिका अध्यक्ष गिरि घटना स्थलमा जादै हुनुहुन्छ ।

उक्त घटनाबाट धेरै क्षती भएको हुनसक्ने अनुमान गरिएको छ । तर घटनास्थलमा पुग्नका लागि लामाे समय हिडनुपर्ने भएकाले बिस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *