मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता, एकदिवसीय मान्यता पक्का

काठमाडौं, चैत १ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालको ओडीआई स्टाटस पक्का भएको हो । यसअघि ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।

यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।

यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो । तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले ओडीआई स्टाटस पक्का गरेको छ ।

नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ ।

तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन भने क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्नँ ।

प्रतिकृयाहरु
Loading...