क्यान्सर पीडित राधादेवीलाई सहयोग गर्न समिति गठन

धरान, चैत १ । आर्थिक समस्याका कारण उपचार गराउन नसकेकी क्यान्सर पीडित धरान ८ लांङघँली चौककी ४७ बर्षिया राधादेवी ढुङगानालाई सहयोगको लागि समिति गठन गरिएको छ ।

उनीहरुको आयस्रोतले हातमुख मात्र जोर्न पुग्ने भएपछि धरान १७ का वडाअध्यक्ष सूर्य भट्टराईको संयोजकत्मा ५ सदस्यीय सहयोग समिति गठन गरिएको हो । गरिब तथा असहाय परिवारलाई उपचारमा निरन्तर सहयोग गर्ने उद्देश्यले सहयोग समिति गठन गरिएको संयोजक भट्टराईले बताए ।

सो समितिले अहिले रकम संकलन गर्ने कार्यलाई निरन्तता दिएको जनाइएको छ भने सोही पत्रकार सम्मेलनमै जेनिश श्रेष्ठ, राम कुमार भटटराई, दिल कुमार गीरी, नारायण केसी, एकराज भटराई, भुवनसिंह बस्नेत, मनोज भटराई, भिम बहादुर खडका, अशोक अग्रवाल, बलबहादुर गेलाल, छिरिङ शेर्पा किरण भुजेल, प्रबिण राई तथा गोधुली क्लब धरान १७ द्धारा संकलित रकम २७ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका ढुंगाना परिवारका लागि यथाशक्य सहयोग गर्न समितिले अनुरोध समेत गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनले उपचार खर्चमा मात्र ५ लाख भन्दा बढी सकीसकेकी छिन् भने सरकारले प्रदान गरेको १ लाख समेत उपचारमै सकिएको र उपचारका लागि थप रकम नभएपछि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सबैसँग सहयोगको याचना गरेकी हुन् ।

भरतपुर क्यान्सर अस्पतालले उनलाई ६ पटक केमो थेरापी गर्नुपर्ने र यसका लागि डेढलाख भन्दा बढी रकम उपलब्ध गराउनुपर्ने बताएका छन् । धरान ८ लांगाली चौकमा कोठा भाडामा बसेकी उनी २० बर्ष अगाडिदेखि श्रीमान पदम ढुंगानासँगै औद्योगिक क्षेत्रभित्र रहेको प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *