माओवादीले टुंगो लगायो मन्त्री बन्नेको नाम

काठमाडौँ, चैत १ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक-दुई दिन भित्रै सरकार विस्तार गर्ने गरि गृहकार्य अघि बढाएपछि माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्रीको नाम टुङ्गो लगाएको हो ।

पार्टीको भागमा परेका ७ मध्ये बाँकी ५ जनामा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति वस्नेत, गिरिराजमणी पोखरेल र विना मगरको नाम टुङ्गो लागेको माओवादी केन्द्र श्रोतले जनाएको छ । मन्त्री मण्डलमा जाने सहभागीको नाम टुङ्गो लागेपनि पदीय भागबण्डा भने भइसकेको छैन ।

यसअघि माओवादीबाट रामवहादुर थापा गृहमन्त्री र मातिृका यादव आपूर्तिमन्त्री बनिसकेका छन् । वाम गठवन्धनले संघीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याउने तयारी गरेकाले मन्त्रालय संख्या घट्ने श्रोतले बताएको छ । माओवादीले मन्त्रीको टुङ्गी लगाएपनि सत्ताको नेतृत्व गरिरहेको एमालेले भने अहिलेसम्म बाँकी मन्त्रीको नाम टुङ्ग्याएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *