कामु प्रधानन्याधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, चैत १। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरेका छन् ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहाली लगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उनी पदमा नरहेको जानकारी गराएको थियो ।

यता, पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *