दरबारमार्गबाट ५ केजी चरेश सहित २ युवा प्रकाउ

“फागुन ३०, काठमाडौँ । राजधानीको दरबारमार्गबाट प्रहरीले लागू औषध सहित युवालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त दरबार मार्गको प्रहरी टोलीले ५ केजी लागु औषध (चरेस) सहित २ युवालाई पक्राउ गरेको हो । सादा पोसाकमा दरबार मार्ग बृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौँ–२, लाजिम्पाटबाट चरेससहित दुई जनालाई प्रक्राउ बताएको छ ।
उनीहरूलाई साँझ ७:३० बजे चरेस बिक्री गरिरहेको बेला लाजिम्पाटको द इम्पोरियल क्याफे एण्ड रेष्टुरेष्टबाट पक्राउ गरिएको दरबारमार्ग प्रहरी बृत्तका प्रहरी प्रमुख डिएसपी दान बहादुर मल्लले बताए । उनीहरूलाई सुराकीको गोप्य सुचनाको आधारमा पक्राउ गरीएको प्रहरी स्रोतको भनाई छ ।

 

पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको जिकिर  छ  । पछिल्लो समय दरबारमार्ग प्रहरी बृत्तमा डिएसपी दान बहादुर मल्लको आगमन पश्चात् सो क्षेत्रको शान्ति सुरक्षा सुदृढ हुँदै गएको छ । दरबारमार्ग क्षेत्रमा रात्रीकालिन व्यवसायमा ज्यादा झैँ झगडा हुँदा व्यवसायी र स्थानीय बासिन्दा आजित थिए । रेस्टुरेन्ट, बार र डिस्कोमा युवा युवतीहरूको झगडाले अशान्त दरबारमार्ग डिएसपी मल्लको आगमनसँगै केही शान्त भएको छ । ‘खास गरी शुक्रवार र शनिवार तथा विदाको दिन यहाँ केही न केही लफडा हुन्थ्यो, अहिले केहीँ दिनदेखि प्रहरीको निगरानी बढ्नाले झैझगडा कम भएको छ ।‘ एक व्यवसायीले भने ।

मल्ल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पूर्व बडीगार्ड हुन् । उनले दरबारमार्गको हाटले तथा रेस्टुरेन्ट व्यवसायमा हुने अनैतिक कृयाकलापलाई नियन्त्रण गर्न विशेष योजना बनाएर काम गरिरहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *