बलात्कार घटनामा श्रेष्ठ, विक र गुरुङको संलग्नता छैनः पीडितका आफन्त

फागुन ३०, इटहरी । सुनसरीको इटहरीमा भएको १६ वर्षीया बालिका बलात्कारको घटनामा स्थानीय बासीन्दाहरुको नाम जोडेर बदनाम गरेको भन्दै पीडित बालिकाका आफन्तले दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै घटनामा स्थानीवासीको नाम जोडेर बदनाम गरेको प्रति दुखः प्रकट गरेका हुन् ।

इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, उपसभापति सन्तोष विकको नाम बलात्कार घटनामा पैसासँग जोडेको भन्दै नजोड्न अनुरोध गरेका छन् । घटनामा संलग्नलाई कारबाही भइसकेको अवस्थामा संघ–संस्था तथा प्रशासन पत्रकारहरुलाई दवाव सिर्जना नगर्ने समेत विज्ञप्तिमा बताईएको छ ।

यसअघि नै घटनाको मिलेमतोमा संलग्न रहेको भन्दै सुनसरीका एसपी विद्यानाथ माझी प्रहरी निरिक्षक चिरञ्जीवी दाहाललाई नेपाल प्रहरीले निलम्बन गरिसकेको छ । बलात्कारमा संलग्न रहेको आरोपमा विराटनगरका मनिष श्रेष्ठ र धरानका जोकम लिम्बुलाई जिल्ला अदालत सुनसरीले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *