उपचारकाे खाेजीमा भाैंतारिएका राई भन्छन्–‘नोबेल अस्पताल, ढुङ्गा खोज्दा देउता मिल्यो’ (भिडियो रिपोर्ट)

विराटनगर, ३० फागुन । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाचिएको खुट्टाको उपचारका लागि धेरैवटा अस्पताल पुगे । उपचारका लागि १०/१२ लाख खर्चिए । तर, भाचिएको खुट्टाले टेक्न मिन्नुको सट्टा उल्टै पिडा बल्झियो ।

राम्रो उपचारको खोजिमा भौतारिरहेका राईकालागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि निको नभएर समस्या झेल्दै आएका वेला नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि राईलाई ‘देउता’ भेटिएजस्तो भएको हो । ‘उपचारका लागि धेरैतिर धाउँदा पैसामात्र सकियो, तर, निको भएन ।’ राईले भने ‘अहिले नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि साच्चै नै ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ ।’

चार बर्ष अघि डाले घाँस काट्न रुखमा चढेका वेला हाँगो भाचिएर लड्दा राईको दाहिने खुट्टा भाचिएको थियो । त्यसपछि उनले पूर्वका बिभिन्न अस्पतालमा पुगेर उपचारका लागि लाखौं रकम खर्चिए । मोरङ, सुनसरी र झापाका बिभिन्न अस्पतालमा पुगे । अप्रेसनमात्रै ६ पटक गरियो । भाँचिएको खुट्टामा लगाएको स्टीलमा खिया लागेर पीडा बल्झिएका राईलाई अहिले भने राहत मिलेको छ । लामो समय असफल उपचारको पीडा भोग्दै आएका राई अहिले भने खुःशी छन् । राम्रो उपचारको खोजिमा नोबेल आईपुगेका राईले राम्रो मात्र नभएर निःशुल्क उपचार पाएपछि अहिले खुःशीको सिमानै छैन ।

नोबेल अस्पताल परिषरमा भेटिएका राईले धेरै अस्पताल धाउँदा निको नभई पैसा मात्र खर्च भएको पीडा सुनाउँदै भने ‘बल्ल सहि ठाउँमा आईपुगेछु ।’ कमजोर आर्थिक अवस्था थाहा पाएर नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले राईलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् । राईलाई नोबेलले औषधिसमेत निःशुल्क उपलब्ध गराएको छ ।

धेरै अस्पतालमा उपचारकालागि धाउँदा–धाउँदै पैसा सकिएपछि राईसँग उपचार गर्ने पैसा थिएन् । खुट्टाको पीडा भने झन–झन बढ्दै गएकाले अव के गर्ने भन्ने अन्यौलता बढ्दै गएर उनी चिन्तित थिए । तर, नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि राईको यो समस्या समाधान हुँदै गएको छ । खुट्टा निको हुँदै गएपछि अहिले बैशाकीको सहायतामा हिडडुल गर्न सहज भएको छ ।

हेर्नुहोस् भिडियो…

https://www.youtube.com/watch?v=GH_44VWPXB4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *