कांग्रेसले आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउने

काठमाडौं, फागुन ३० । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउने भएको छ ।

यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

‘हामीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागेका छौँ,’ उहाँले भन्नुभयो, ‘कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन बेला बोल्न हुन्छ, कुन बेला हुँदैन भन्नेमा बोल्न सिकाउन लागिएको हो ।’

पार्टीबाट सांसद भएपछि विकास निर्माणको प्रक्रियामा कसरी काम गर्ने, सहजीकरण गर्ने र पार्टीसँग कसरी समन्वय गर्ने भन्ने पनि सिकाउने प्रवक्ता शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *