सिंगापुरको कम्पनीले उत्तर कोरियामा सामान निर्यात गरेको दाबी 

काठमाडौं, फागुन २९ । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ । संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

यस सम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ । सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ । सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको वीवीसीले लेखेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *