विमान दुर्घटना अपडेट– मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं, फागुन २८ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १६ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।

रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए । योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको निधन भएको बताइको छ ।

हिजो उड्नुपर्ने विमान आज उडेको र बंगलादेशबाट राम्रै तरिकाले आइरहेको भएपनि काठमाडौंमा ल्यान्ड गर्ने बेला विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भएको दुर्घटनाबाट घाईते रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोराले बताए ।

उनले भने, ‘हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

यत्तिकैमा विमान जोडले हल्लियो । के भयो केही थाह पत्तो भएन । म विमानको झ्याल छेउमा थिए । एक्कासी ड्याम्म गरेको आवाज आयो । त्यसपछि के के भयो पत्तो नै पाइएन । म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुर्याए । त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुर्याए । मलाई घुडा र टाउकोमा चोट लागेको छ । भाग्यले बाँचे ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *