उदयपुर रेडक्रसमा बस्नेत

काठमाडौँ, फागुन २८ ।  नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको सभापतिमा विनोद कुमार बस्नेत चयन भएका छन् ।

आइतबार घोषित निर्वाचन परिणाम अनुसार बस्नेतको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिती निर्विरोध चयन भएको हो । समितिको सदस्यहरूमा राजीव थापा, हरि बहादुर कार्की, प्रताप सिंह राई, पुस्कर खड्का, राजेश कार्की, राजु बस्नेत, लक्ष्मी प्रसाद कट्टेल, राम भगत खड्का, शुभाष कुमार श्रेष्ठ, शुशिला थापा, पुष्पराज गुरागाईँ र जय प्रसाद सुवेदी रहेका छन् ।

निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकारी उमेश थापाले बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *