पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन २७ ।  बाराको नेपाल-भारत सीमाबाट इटालियन पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराले नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटमा चढेर नेपाल प्रवेश गर्न लागेका दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद-२ का १९ वर्षीय चन्दनकुमार र सुन्दरपुरका २० वर्षीय सञ्जय कुमार रायलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीले उनीहरूको साथबाट स्वचालित इटालियन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली बरामद् गरेको छ।

भारतबाट डिएल २ सिक्यु ४०५३ नम्बरको बोलेरो चढेर आएका थिए’, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले भने, ‘नाइन-एमएम ब्रोनिङ्ग नामक इटालियन स्वचालित पेस्तोल बरामद भएको छ।’ पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी चौकी बेलदारीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *