महिला क्रिकेट लिगको उपाधि मिलनलाई

रत्ननगर २६ फागुन । टि–ट्वान्टी महिला क्रिकेट लिगको उपाधि झापाको मिलन क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई २३ रनले पराजित गर्दै मिलन क्रिकेटले उपाधि जितेको हो ।

मिलन क्रिकेटले ट्रफीसहित नगद ५० हजार पुरस्कार पाएको छ । रत्ननगरको नेपाल माविको खेल मैदानमा भएको प्रतियोगितामा मिलन क्रिकेटले निर्धारित २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।

कप्तान रुविना क्षेत्रीले ५४ वल खेल्दै ४ छक्का र ६ चौकाको मद्दतमा ६७ रन बनाएर नट आउट रहिन् । जवाफी व्याटिङमा उत्रिएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ९ रन मात्र जोड्न सक्यो ।

मिलनका लागि संगीता राई र शान्ति चौधरीले समान २/२ विकेट लिए । लिगमा मिलन एकेडेमीकी कप्तान रुविना क्षेत्री वुमन्स अफ दि सिरिजबाट पुरस्कृत भइन् । क्षेत्री नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत हुन् ।

त्यस्तै, एपिएफकी कप्तान सीता राना मगर उत्कृष्ट व्याट्स वुमन्स,उत्कृष्ट वलरमा मिलनकी शान्ती चौधरी, उत्कृष्ट फिल्डरमा मिलनकै अप्सरी वेगम र उत्कृष्ट किपरमा मिलनकै काजल श्रेष्ठ घोषित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *