‘नेपाल बैँकर्स एशोसिएसनको निर्णय गलत’

काठमाडौं, फागुन २५ । नेपाल बैँकर्स एशोसिएसनले वित्तीय बजारलाई सिन्डिकेट लाउने गरी निर्णय गरेपछि एनआईसी एशिया बैंकले त्यसलाई अस्वीकार गर्दा विवाद चर्किएको छ ।

एशोसियसनको निर्णय नमानेपछि कारवाहीस्वरुप एनआईसीसँगको अन्तर बैंक कारोबार नै रोक्का गरिएको छ । नियमन र अनुगमन गर्ने राष्ट्र बैंक हुँदाहुँदै निश्चित स्वार्थका लागि आम उपभोक्तामाथि अन्याय गर्न नमिल्ने एनआईसी एशियाले जनाएको छ । एनआईसी एशिया बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले एशोसियसनको निर्णय गलत भएको बताए ।

अर्कातिर एनआईसी एशियाले बैँकर्सहरूको छाता संगठन एशोसिएशनको निर्णयमा एनआईसी एशिया असहमत हुँदा वित्तीय प्रणालीगत जोखिम बढेकाले अन्तर बैंक कारोबार नगर्ने सहमति गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

‘हाम्रा सीईओले बैंकर्सहरूले सहमति गर्दा पनि असहमति जनाएको भनाईलाई उदृत गर्दै न्यौपाने भने। ‘ब्याजदर भनेको बजारले निर्धारण गर्ने हो ।’ आइतबारदेखि कार्यान्वयनमा लैजाने गरी बैंकर्सहरूले बचतको ब्याजमा ८ प्रतिशतभन्दा माथि नलाने सहमति गत शुक्रबार गरेका थिए ।

‘एनआईसीले पनि आइतबारदेखि बुधबारसम्म सहमति कार्यान्वयन गर्यो,’ उनले भने, ‘यसको यसको असर देशको अर्थतन्त्रमा समेत पर्ने देखिएपछि हामीले विहीबारदेखि बचतको ब्याजदर पुनः १० प्रतिशत नै कायम गरेका हौं । ब्याजदरबारे कुनै संघ संस्थाले निर्णय गर्नु गलत भएको भन्दै न्यौपानेले के सही हो या गलत यसको निर्णय राष्ट्र बैंकले गर्ने बताए ।

बैंकर्स एशोसिएशनले गरेको सहमतिलाई एनआईसीले तोडेको भन्दै राष्ट्र बैंकले अहिलेनै कारवाही गर्न नमिल्ने राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘राष्ट्र बैंकले ब्याजदर फिक्स गर्दैन । ब्याजदर खुला छ’, उनले भने ‘बैंकहरूले ब्याजदरका विषयमा भद्र सहमति गरेका छन् । यो सहमति तोड्यो भन्ने कुरा हो । एनआईसीलाई कारवाही गर्ने भन्ने होइन । कारवाही गर्न नीतिगत व्यवस्था हुनुपर्छ ।’

यसको असर कस्तो रहन्छ, अहिले राष्ट्र बैंकले अध्ययन गरिरहेको छ । अध्ययनपछिको नतिजा र एनआईसी एशियामा पर्ने असरवारेमा भन्न सकिने पण्डितले बताए । ‘यही कारणले कारणले बैंकलाई कारवाही गर्ने भन्ने हुँदैन, तर बैंकर्सहरूले एनआईसीसँग कारोबार गर्दिन भन्न पाउँछन्,’ पण्डितले भने ‘अन्तर बैंक कारोबार भनेको दुईपक्षको कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *