गच्छदारको सांसद पद धरापमा !

काठमाडौं, फागुन २५ । धाँधली गरेर चुनाव जितेको आरोपमा मुद्दा खेपिरहेका नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद खारेज हुने सम्भावना बढेको छ ।

सुनसरी ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गच्छादारले निर्वाचनमा धाँधली गरेको दाबी गर्दै सांसद पद खारेजीको माग गरिएको मुद्दामा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ न्यायाधीशको संवैधानिक इजलाशले गच्छादारको मुद्दामा सुनुवाइ सुरु गरेको हो ।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले पुस ११ मा दायर गरेकोे निवेदनमा अन्तिम सुनुवाई सर्वोच्चको संवैधानिक इजलाशमा सुरु भएको हो । यसअघि पुस १४ मा सर्वोच्चले गनिएका मतपत्र मगाएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट उम्मेवार रहेकी चौधरीले सुनसरी निर्वाचन क्षेत्र ३ मा पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएकी थिईन् । उक्त मुद्दा पराजुलीसहित अन्य न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्सेर राणा र दीपककुमार कार्कीको इजलाशमा सुनुवाई भइरहेको छ ।

सर्वोच्चले उक्त मुद्दामा रिट जारी हुने आदेश गरेमा गच्छदारले सांसद पद गुमाउनुपर्नेछ । तर, मुद्दा नै खारेज गरेमा चौधरीको माग पूरा हुनेछैन र गच्छदार प्रतिनिधिसभा सांसद कायमै रहनेछन्।

सर्वोच्चको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी थिइन्। सुनसरी ३ मा गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *