प्रधानमन्त्री ओली विरुद्धको रिटमाथी आज सुनुवाई हुने, के होला फैसला ?

काठमाडौं, फागुन २५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दर्ता भएको रिट माथी आज सुनुवाई हुने भएको छ ।  निवेदक यज्ञमणी न्यौपानेले गत बुधबार दर्ता गर्नु भएको रिटमाथी आज सुनुवाई गर्ने तयारी भएको सर्वोच्च अदालतले जनाएको छ ।

सांसदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक काम भएको अधिवक्ता न्यौपानेले रिट निवेदनमा जिकिर गर्नु भएको छ ।  प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको रिट निवेदनमा उल्लेख छ ।

एमाले अध्यक्ष ओलीले फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिनु भएको थियो भने फागुन २० गते प्रतिनिधिसभाका सदस्यले सांसदका रुपमा शपथ लिएका थिए ।

न्यौपानेले दुईहप्ता अघि पेश गर्नु भएको रिट प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा भएकाले दर्ता गर्न नमिल्ने भन्दै सर्वोेच्च प्रशासनले सुरुमा दरपीठ गरिदिएको थियो । तर न्यायाधिश डम्बरबहादुर शाहीको इजलासले दर्ता गर्न आदेश दिएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग गरिएको रिट बुधबार दर्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *