ती पनि, तिमी पनि आईमाई !

भकारो सोर्ने तिमी पनि आईमाई

चन्द्रमामा पुग्ने ती पनि आईमाई

ए दिदी बहिनी हो !
ज्योतिको पुञ्ज भएर पनि
किन बस्छौ अझै अध्याँरोमुनि

पाउको कुनै तिमी होइनौ धूल
चढाइनुपर्ने तिमी होइनौ फूल
सृष्टिको सुन्दर आधार तिमी यो कुरा बुझ न
दासी नै ठान्ने अधममाथि चट्याङ् भै बज्रन्
श्रमलाई पुज्ने ती पनि आईमाई
श्रम नै गर्ने तिमी पनि आईमाई

ए दिदी बहिनी हो !
ज्योतिको पुञ्ज भएर पनि
किन बस्छौ अझै अध्याँरोमुनि

बिकाउको कुनै तिमी होइनौ रूप
असुगन्धित कुनै तिमी होइनौ धुप
लागेर बस्छौ किन अझै चुप
गाम र बेसी शहरमाझ यसो नै भन्दै बेचिमारहँदा
पशुझैँ ठानी पशु नै मानी दोबाटो कुर्दै खेदिमारहँदा
अक्षरै भन्ने तिमी पनि आईमाई
ए दिदी बहिनी हो !
ज्योतिको पुञ्ज भएर पनि
किन बस्छौ अझै अध्याँरोमुनि

 

साभारः समयसित रूमाल छैन (कविता संग्रहबाट)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *