महिला दिवसका अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं, फागुन २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको बताउनुभएको छ ।

महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ ।

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।

महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भनेर राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा कामना गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *